एमालेका मनोनित केन्द्रीय सदस्यहरु मेडिकल सञ्चालक दुर्गा प्रसाईं सहित ४४ लिए जनाले शपथ ग्रहण — OSNepal

एमालेका मनोनित केन्द्रीय सदस्यहरु मेडिकल सञ्चालक दुर्गा प्रसाईं सहित ४४ लिए जनाले शपथ ग्रहण

LC (KTM) December 15, 2021 0

काठमाडौं २९ मंसिर । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका केन्द्रिय कमिटिका सदस्यहरुले शपथ ग्रहण गरेका छन् ।

एमालेको १० औं महाधिवेशनबाट निवार्चित भएका खुला २०, महिला १५ र पार्टी एकताको प्रक्रियाबाट आएका नौ जना गरी जम्मा ४४ जनालाई केन्द्रीय कमितिको सदस्यमा मनोनित भएकाहरुले बुधबार शपथ ग्रहण गरेका हुन् । शपथ ग्रहण पार्टी अध्यक्ष केपी शर्मा ओलीले ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा आयोजित एक कार्यक्रममा गराएका हुन् ।

मनोनित हुनेमा महिलातर्फ इन्दिरादेवी गौतम, सरस्वती चौधरी, यमुना रोका, उमा कोइराला, कल्पना चापागाईँ, आशा विक, नैनकला ओझा, मन्जु गुरुङ, विमला अर्याल, इन्दिरा सञ्जाल, शान्ति अधिकारी, रुक्मिणी राठा, सरस्वती यादव, तारादेवी गुरुङ र गीता कार्की रेका छन् ।

साथै पुरुष तर्फ मेडिकल सञ्चालक दुर्गा प्रसाईं , दल फडेरा, ऐन महर, मानवीर राई, चन्द्रमोहन गौचन, रतनाथ योगी, रमेश पौडेल, पदम गिरी, सूर्य पाठक, यज्ञ बोगटी, हरि घिमिरे, युवराज बास्तोला, विशाल भट्टराई, उद्धव रेग्मी, बद्री न्यौपाने, रुपनारायण श्रेष्ठ, प्रेम दंगाल, हरिकृष्ण व्यञ्जनकार, भीम केसी, लालबाबु पण्डित, सुभास देवकोटा, चुडादेव सिंह, रेशम लामा, दुर्गा प्रसाई, गोविन्द दुवाल, सहदेव बोगटी, बालसिंह काउछा, कृष्ण केसी, चन्द्रबहादुर विक र ​विषमलाल अधिकारी रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर