देउवाप्रति लक्षित गर्दै पौडेलले भने - सरकारले सदनलाई बीचैमा अन्त्य गरी अघि बढ्यो भने ओलीको नियतीका सामु समर्पण गरेको ठहर्नेछ — OSNepal

देउवाप्रति लक्षित गर्दै पौडेलले भने – सरकारले सदनलाई बीचैमा अन्त्य गरी अघि बढ्यो भने ओलीको नियतीका सामु समर्पण गरेको ठहर्नेछ

LC (KTM) December 15, 2021 0

काठमाडौं २९ मंसिर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मुलुकलाई अस्थिरता तर्फ धकेल्ने दुष्प्रयास गरेको आरोप लगाएका छन् । नेता पौडेलले सामाजिक सञ्जाल मार्फत यस्तो आरोप लगाएका हुन् ।

‘६ महिनाको समयमा दुई(दुई पटक संसद विघटन गरेर व्यवस्थालाई नै संकटमा पुर्‍याउने एमाले ओलीले महिनौ दिनदेखि संसद अवरोध गरेर विघटन सहि थियो भनेर सिद्ध गराएको’ भन्दै पौडेलले अघि भनेका छन् , अन्ततः देशलाई अस्थिरता तर्फ धकेल्ने दुष्प्रयास गर्दैछन् ।’

आफ्नै सरकार प्रति पनि आलोचना गरेका पौडेलले पार्टीको नेतृत्वले गरेको काम एमालेका अध्यक्ष केपी ओलीको नियतीका सामु समर्पण गरेको टिप्पणी गरेका छन् ।

उनले भनेका छन्, ‘संसद चलाउँछु र संसदबाटै सबै निकास खोज्छु भनेर आएको सरकारले पनि संसद सुचारू गराएर देशलाई लोकतान्त्रिक गति दिने सार्थक प्रयास नगरी सदनलाई बीचैमा अन्त्य गरी अघि बढ्यो भने ओलीको नियतीका सामु समर्पण गरेको ठहर्नेछ ।’

‘देशलाई प्रयोगको थलो बनाएर थिलथिलो पार्ने षड्यन्त्र भइरहेको छ , राष्ट्रलाई अनिश्चिततातर्फ धेकेल्ने यी आपत्तीजक क्रियाकलापतर्फ सचेत रहन आम नागरिकको ध्यानाकर्षण गर्दछु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर