आवश्यक बहुमत सहित कांग्रेस सभापतिमा देउवा निर्वाचित , शेखरले जोगाउन सकेनन् कोईराला खान्धानको बिरासत — OSNepal

आवश्यक बहुमत सहित कांग्रेस सभापतिमा देउवा निर्वाचित , शेखरले जोगाउन सकेनन् कोईराला खान्धानको बिरासत

LC (KTM) December 14, 2021 0

अन्ततः नेपाली कांग्रेसको सभापतिमा पुनः शेरबहादुर देउवा निर्वाचित भएका छन्। काठमाडौंमा जारी पार्टीको १४औं महाधिवेशनबाट उनी निर्वाचित भएका हुन्।आज भएको दोस्रो चरणको निर्वाचनमा शेखर कोईरालालाई पराजित गर्दै देउवा निर्वाचित भएका हुन् । कुल ४ हजार ५ सय ६३ मत खसेकोमा देउवाले २ हजार २ सय ५८ र कोइरालाले १५३१ मत प्राप्त गरे ।

शेर बहादुर देउवाले आवश्यक मत पाईसकेकोले उनि सभापतिमा निर्वाचित भईसकेका हुन् । ताजा अवस्थामा ३८२३ मत गणना भईसकेको छ । देउवाको आधिकारिक जितको घोषणा भने गर्न बाँकि नै रहेको छ । पहिलो चरणको मतदानमा आकांक्षी पाँच जनाले बहुमत ल्याउन नसकेपछि मंगलबार दोस्रो चरणको मतदान भएको थियो।

राष्ट्रिय सभा गृहतमा जारी मतगणनामा देउवाले बहुमत ल्याएसँगै उनी सभापतिमा निर्वाचित भएका हन्। देउवा पार्टीमा दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन्। यसअघि १३औं महाधिवेशनमा देउवाले रामचन्द्र पौडेललाई पराजित गर्दै पार्टी अध्यक्षमा निर्वाचित भएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर