कांग्रेसको दोस्रो चरणको मतदानको मतगणना कार्य सुरु, ३ घण्टामा कांग्रेसले सभापति पाउँदै — OSNepal

कांग्रेसको दोस्रो चरणको मतदानको मतगणना कार्य सुरु, ३ घण्टामा कांग्रेसले सभापति पाउँदै

LC (KTM) December 14, 2021 0

नेपाली काँग्रेसको सभापतिका लागि भएको दोस्रो चरणको मतगणना सुरु भएको छ । राष्ट्रियसभा गृहमा आज दोस्रो चरण अन्र्तगत खसालिएको मत खोलेर गणना थालिएको हो । यसअघि राति साढे १० बजेदेखि नै मतगणना सुरु गर्ने भनिएको थियो । तर केही समय ढिला गरि मतगणना सुरु भएको हो ।

राष्ट्रियसभा गृहमा अपरान्ह साढे ३ बजेदेखि सुरु भएको मतदान राति ९ बजे सम्पन्न भएको थियो । अहिले भने मत गणना सुरु भएको निर्वाचन समितिले जनाएको छ । पहिलो चरणको भन्दा आज मतगणना छिटो हुने समेत बताइएको छ । मतपत्र एकै किसिमको मात्र रहेकाले आजको मतदान ३ घण्टामा आइसक्ने समितीले जनाएको छ ।

आजको मतदानमा चार हजार ७४३ मतदातामध्ये चार हजार ५६४ ले मतदान गरेका थिए । हिजोको निर्वाचनमा सभापति पदका प्रत्यासी कसैले पनि ५० प्रतिशत भन्दा बढी मत ल्याउन नसकेपछि पार्टी विधानअनुसार सबैभन्दा बढी मत ल्याउने शीर्ष दुई उम्मेदवार प्रधानमन्त्री एवं वर्तमान पार्टी सभापति शेरबहादुर देउवा र नेता डा शेखर कोइरालाबीच दोस्रो चरणको मतदान भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर