कोरोनाविरुद्धको खोप खरीदका लागि पौने २७ अर्ब बजेट विनियोजित — OSNepal

कोरोनाविरुद्धको खोप खरीदका लागि पौने २७ अर्ब बजेट विनियोजित

LC (KTM) May 29, 2021 0

काठमाडौँ, १५ जेठ – सरकारले कोरोनाविरुद्धको खोपका लागि र २६ अर्ब ७५ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटमा सबै नेपाली नागरिकलाई निःशुल्क खोप उपलब्ध गराइने जानकारी दिनुभयो ।

सरकारले यसअघि भारतबाट नेपाली सेनाको समेत गरी ११ लाख र चीनबाट अनुदानमा आठ लाख मात्रा खोप ल्याइसकेको छ । यस्तै राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्ना चिनियाँ समकक्षी सि चीन फिङसँग गर्नुभएको टेलिफोन वार्तापछि थप १० लाख मात्र खोप प्राप्त हुने भएको छ ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर