बलिउडमा अर्काे दुःखद खबर , फिल्म इन्दुकी जवानीका निर्माता रयान स्टीफनको कोभीडका कारण निधन — OSNepal

बलिउडमा अर्काे दुःखद खबर , फिल्म इन्दुकी जवानीका निर्माता रयान स्टीफनको कोभीडका कारण निधन

LC (KTM) May 29, 2021 0

कोरोनाको कारण भारतमा धेरै जनाको ज्यान गईसकेको छ । बलिउड पनि कोरोना बाट अछुतो रहन सकेको छैन । बलिउडका लागि फेरि अर्काे दुःखद खबर आएको छ । फिल्म इन्दुकी जवानीका निर्माता रयान स्टीफनको कोभीडका कारण निधन भएको छ ।

उनको निधनले बलिउडमा ठुलो क्षती पुगेको छ । बलिउडका धेरै सेलिब्रेटीहरुले उनको निधन प्रति श्रद्धाञ्जली दिएका छन् । केही दिन अघि रयानलाई कोरोना पोजेटिभ देखिएको थियो । उनको अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

उनको निधन प्रति आश्चर्य प्रकट गर्दै मनोज बाजपेयीले निधनको खबर अपत्यारीलो भएको र बलिउडले एक शालीन ब्यक्ति गुमाएको बताएका छन् । किराया आडवाण्ी, बरुण धवन, नेहा धुपिया, आदित्य सील, आलिया भट्ट लगायतले निधन प्रति दुःख ब्यक्त गरेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर