संघीय संसद् भवन अगाडि एमसीसीको विरोधमा प्रदर्शन गर्नेहरुमाथि प्रहरीको हस्तक्षेप , केहि प्रदर्शनकारी घाइते — OSNepal

संघीय संसद् भवन अगाडि एमसीसीको विरोधमा प्रदर्शन गर्नेहरुमाथि प्रहरीको हस्तक्षेप , केहि प्रदर्शनकारी घाइते

LC (KTM) December 14, 2021 0

काठमाडौं २८ मंसिर । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरोधमा नेकपा (क्रान्तिकारी माओवादी) र नेत्र विक्रमचन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लगायतका पार्टीले विरोध प्रदर्शन गरेका छन् ।

संघीय संसद् भवन अगाडि गरिएको विरोध प्रशर्दनमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । महानगरी प्रहरी कार्यालयले दिएको जानकारी अनुसार एमसीसीको विरोधमा उत्रिएका १५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

साथै केहि प्रशर्दनकारी भने प्रहरीको झडपमा घाइते भएका छन् । प्रहरीको नियन्त्रणमा रहेका १५ जनालाई महानगरीय प्रहरी वृत बानेश्वरमा राखिएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर