दोस्रो निवार्चनमा मेरो जित सुनिश्चित छ : कोइराला — OSNepal

दोस्रो निवार्चनमा मेरो जित सुनिश्चित छ : कोइराला

LC (KTM) December 14, 2021 0

काठमाडौं २८ मंसिर । नेपाली कांग्रेसको जारी १४ औं महाधिवेशनमा सभापतिको लागि हुने दोस्रो चरणमा वर्तमान सभापति शेरबादुर देउवा र डा शेखर कोइराला बिच प्रतिस्पर्धा हुने भएको छ ।

पहिलो चरणमा सभापति पदका दावेदार पाँच जनाले बहुमत ल्याउन नसकेपछि अहिले ३ बजेपछि दोस्रो चरणको निवार्चन हुने भएको हो । पहिलो चरणको निवार्चनबाट बाहिरिएका विमलेन्द्र निधि, प्रकाशमान सिंह र कल्याण गुरुङले देउवाको समर्थन गरेपछि दोस्रो चरणको चुनावी मैदानमा कोइराला एक्लै भएका छन् ।

मंगलबार पत्रकार सम्मेलन गर्दै कोइरालाले दोस्रो निवार्चनमा आफ्नो जित पक्का भएको समेत बताएका छन् । परिणाम जे आएपनि देउवासँग चुनावी मैदानमा उत्रिने निणर्य गरेका कोइरालाले निवार्चन पछिको मत परिणामलार्य स्विकार गर्ने समेत बताएका छन् ।

पहिलो चरणको निवार्चनमा देउवाले २२५८ मत र कोइरालाले १७०२ मत ल्याएका थिए । ५ सय भन्दा बढी मत अन्तर रहेको देउवा कोइराला बिच अब रोचक निवार्चन हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर