संसद बैठक सुरु भएसँगै उही पुरानै विषयलाई लिएर एमालेको नारावाजी सुरु — OSNepal

संसद बैठक सुरु भएसँगै उही पुरानै विषयलाई लिएर एमालेको नारावाजी सुरु

LC (KTM) December 14, 2021 0

काठमाडौं २८ मंसिर । आज मंगलबारबाट सुरु भएको प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले नारावाजी सुरु गरेको छ । संसद बैठक सुरु भए लगत्तै एमालेले संसदमा नारावाजी सुरु गरेको हो ।

आफ्नो पार्टीले कारवाही गरेको सांसद संसदमा सहभागी हुँदा सम्म आफ्नो पार्टीले अवरोध गर्ने भन्दै आएको एमालेले आज पनि संसद बैठक अवरोध गरेको छ ।

सङ्घीय संसद्को दशौँ अधिवेशन अन्तर्गत प्रतिनिधिसभाको आजको पहिलो बैठकमा सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८ सहित विभिन्न पाँच अध्यादेश पेश गर्ने कार्यसूची रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर