दोस्रो चरणको निवार्चनमा जित्न हासिल गर्न देउवाले गरे नेता पौडेलको खुलेरै प्रशंसा, यस्तो सम्म भने — OSNepal

दोस्रो चरणको निवार्चनमा जित्न हासिल गर्न देउवाले गरे नेता पौडेलको खुलेरै प्रशंसा, यस्तो सम्म भने

LC (KTM) December 14, 2021 0

काठमाडौ २८ मंसिर । नेपाली कांग्रेसको जारी १४ औं महाधिवेशनमा सभापति पदको लागि भएको पहिलो चरणको निवार्चनमा बहुमत ल्याउन नसकेका वर्तमान सभापतिका शेरबहादुर देउवा यति बेला पार्टीका परिष्ठ नेता रामचन्द्र पौडेलले आयोजना गरेको चियापान कार्यक्रममा सहभागी भएका छन् ।

उक्त कार्यक्रममा देउवाले पार्टीलाई एक बनाएर लैजान पर्ने बताएका छन् ।
चियापान कार्यक्रममा भएको नारावाजी पछि प्रधानमन्त्री समेत रेका देउवाले
यस्तो भनेका हुन् । ‘अहिलेको आवश्यकता पार्टीलाई एक बनाएर लैजानु हो । कुनै व्यक्तिको विरोध गरेर पार्टी एकता हुन्छ ?’ देउवाले भने ।

नेता पौडलेको   प्रशंसा गर्दै   देउवाले     पोडेलले आयोाजना गरेको     चियापान कार्यक्रममा सहभागी हुन पाउँदा  आफुलाई   भाग्यमानी   ठानेको  बताएका  छन् । पौडेले पार्टीको  लागि    धेरै योगदान समेत   दिएको बताएका   छन् । 

‘तपाईं हामी सबैको नेता हो’ ‘भोलिका दिनमा तपाईंले धेरै ठूलो भूमिका निर्वाह गर्नुपर्ने छ ’ देउवाले भने ।

नेता पौडेलको खुलेरै प्रशंसा गरेका देउवाले भनेका छन्, ‘एक भएर अगाडि बढेऔं भने,राष्ट्रलाई योगदान र लोकतन्त्रको रक्षा गर्न सक्छौं । ‘

सभापतिको पदको लागि जित हासिल गर्न देउवाले दोस्रो चरणको निवार्चनमा विमलेन्द्र निधि या प्रकाशमान सिंहलाई आफ्नो पक्षमा ल्याउनु पर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर