फकाउन गएका देउवा र कोइरालालाई प्रकाशमानले दिए यस्तो जवाफ — OSNepal

फकाउन गएका देउवा र कोइरालालाई प्रकाशमानले दिए यस्तो जवाफ

LC (KTM) December 14, 2021 0

काठमाडौं २८ मंसिर । नेपाली कांग्रेसको सभापति पदको लागि हुने दोस्रो चरणको मतदान आजै हुने भएको छ । जसको लागि यति बेला नेताहरुको भेटघाट बाक्लिएको छ ।

प्रकाशमान सिंह भेट्नलाई भेट्न चाक्साबारी पुगेका वर्तमान सभापति शेरबहादुर देउवा निकट गृहमनत्री बालकृष्ण खाँडलाई सिंहले साथीहरुसाग छलफल गरेर मात्र निणर्य लिने बताएका छन् । पहिलो चरणको मतदानमा देउवाले बहुमत पुर्याउन नसके लगत्तै खाँड चाक्साबारी पुगेका हुन् ।

खाँड फर्किए लगत्तै शेखर कोइरालाले पनि सिंहलाई भेट गरेका छन् । यता विमलेन्द्र निधिले पनि सिंहसँग टेलिफोनमा कुरा गरिसकेका छन् । सिंहले भने सबैलाई साथीहरुसँग छलफल गरेर मात्र निणर्य लिने बताएका छन् ।

पहिलो चरणको निवार्चनमा तेस्रो र चौथो स्थानमा सिंह र निधिले अब कसलाई समर्थन गर्छन् भन्ने विषय चर्चाको विषय बनेको छ । ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर