देउवा र कोइराला बिचको दोस्रो चरणको निवार्चनमा : सिंह, निधि र गुरुङको निणार्यक भुमिका, यस्तो छ अंकगणित — OSNepal

देउवा र कोइराला बिचको दोस्रो चरणको निवार्चनमा : सिंह, निधि र गुरुङको निणार्यक भुमिका, यस्तो छ अंकगणित

LC (KTM) December 14, 2021 0

काठमाडौं २८ मंसिर । नेपाली कांग्रेसको १४ महाधिवेशनमा सभापतिको पदको लागि भएको पहिलो चरणको निवार्चनमा पाँच उम्मेदवारले बहुमत ल्याउन नसकेपछि फेरि निवार्चन हुने भएको छ ।

दोस्रो चरणको निवार्चनमा वर्तमान सभापति शेरबहादुर देउवा र शेखर कोइराला बिच हुने भएको छ । देउवा र कोइलालाई जिताउन अब सभापति पदका उम्मेदवार प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले निर्णायक भुमिका खेल्ने भएका छन् ।

यी तिनै जनाको समुहले कसलाई समर्थन गर्छ भन्ने अबको चासोको विषय बनेको छ । कांग्रेसको विधान अनुसार बहुमत ल्याउन ५० प्रतिशत भन्दा बढी मत ल्यानुपर्ने हुन्छ पहिलो चरणको निर्वाचनमा देउवाले २२५८ मत र कोइरालाले १७०२ मत पाएका छन् । दुई जनाको बिचमा ५५६ को मतको अन्तर रहेको छ ।

देउवालाई अब जित्नको लागि ८२ मत आवश्यक रहेको छ भने कोइरालालाई करिब छ सय मत आवश्यक रहेका छ । अब यसको निणार्यक भुमिका भने सिंह, निधि र गुरुङको हुने भएको छ । पहिलो चरणको निर्वाचनमा ४ हजार ६ सय ७९ मत खसेको थियो ।

यस आधारमा देउवालाई दोस्रो चरणको निवार्चन जित्नको लागि विधि या सिंहलाई फकाए पुग्छ भने कोइरालालाई देउवा बाहेक सबै समर्थनको आवश्यक रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर