सभापतिमा दाेस्राे चरणकाे चुनाव हुने भएपछि प्रकाशमानलाई भेट्न पुगे बालकृष्ण खाँण — OSNepal

सभापतिमा दाेस्राे चरणकाे चुनाव हुने भएपछि प्रकाशमानलाई भेट्न पुगे बालकृष्ण खाँण

LC (KTM) December 14, 2021 0

काठमाडाैं, २८ मंसिर – नेपाली कांग्रेसकाे २४औँ महाधिवेशनमा सभापति पदकाे नतिजामा शेरबहादुर देउवाले बहमुत पुर्‍याउन नसकेपछि उनका निकटस्थ नेता बालकृष्ण खाण नेता प्रकाशमान सिंहलाई भेट्न चाकस्सीबारी पुगेका छन् ।

सभापतिका लागि पहिलाे चरणमा पाँचमध्ये कुनै पनि उम्मेदवारले बहुमत ल्याउन नसकेपछि देउवा र शेखर काेइरालाबीच चुनाव हुने भएपछि गृहमन्त्रीसमेत रहेका खाँण सिंहलाई भेट्न पुगेका हुन् । सिंह पनि सभापतिकाे दाैडमा थिए । तर, उनी पहिलाे चरणबाट बाहिरिएका छन् ।

खाँण देउवा प्यानलबाट उपसभापतिका उम्मेदवार हुन् । सभापतिबाहेक पदाधिकारीकाे मतगणना बाँकी रहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर