२७७७ मत गणना हुँदा देउवा र शेखरमध्ये कसले कति मत ल्याए ? के शेखरले चुनौति दिएकै हुन् त देउवालाई ? — OSNepal

२७७७ मत गणना हुँदा देउवा र शेखरमध्ये कसले कति मत ल्याए ? के शेखरले चुनौति दिएकै हुन् त देउवालाई ?

LC (KTM) December 14, 2021 0

काठमाडौं, २८ मंसिर – नेपाली कांग्रेस १४औं महाधिवेशनमा सभापतिका उम्मेदवार शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा देखिएको छ । सभापतिका लागि पाँच जनाको प्रतिस्पर्धामा रहे पनि प्रारम्भिक मतणनामा देउवालाई कोइराला पछ्छाइरहेका हुन् ।

निर्वाचन समितिका अनुसार हालसम्म २ हजार ७ सय ७७ मत गणना भएको छ । जसमा सबैभन्दा बढी शेरबहादुर देउवाले १ हजार ३ सय १८ मत प्राप्त गरेका छन् । कोइरालाले १ हजार २३ मत पाएका छन् । यसैगरी, प्रकाशमान सिंहले २ सय ५, विमलेन्द्र निधिले १ सय ६६ र कल्याण गुरुङले १२ मत मात्र प्राप्त गरेका छन् ।

सोमबार मतदान भएकोमा रातिदेखि राष्ट्रिय सभा गृहमा सभापति पदको मतगणना भइरहेको हो । नयाँ नेतृत्व चयनका लागि ४ हजार ६७९ मत खसेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर