काँग्रेस महाधिवेशनमा शेखर कोइरालाले गर्दैछन् कमाल, कति मतले अघि छन् शेखर भन्दा देउवा ? यस्तो छ पछिल्लो परिणाम — OSNepal

काँग्रेस महाधिवेशनमा शेखर कोइरालाले गर्दैछन् कमाल, कति मतले अघि छन् शेखर भन्दा देउवा ? यस्तो छ पछिल्लो परिणाम

LC (KTM) December 14, 2021 0

काठमाडौं, २८ मंसिर-नेपाली कांग्रेस १४औं महाधिवेशनअन्तर्गत सभापति पदको मतगणना जारी छ ।हालसम्म २ हजार ६ सय ७७ मत गणना भएको छ । जसमा सबैभन्दा बढी शेरबहादुर देउवाले १२६५ मत प्राप्त गरेका छन् ।

उनलाई निकटतम प्रतिस्पर्धी शेखर कोइराला पछ्याइरहेका छन् । कोइरालाले ९८० र प्रकाशमान सिंहले २०४ मत पाएका छन् । विमलेन्द्र निधिले १६५ मत पाउँदा कल्याण गुरुङले १२ मत मात्र प्राप्त गरेका छन् ।

सोमबार मतदान भएकोमा रातिदेखि राष्ट्रिय सभा गृहमा सभापति पदको मतगणना भइरहेको हो ।नयाँ नेतृत्व चयनका लागि ४ हजार ६७९ मत खसेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर