कांग्रेसको महाधिबेशनको मतदानमा सहभागी भएनन् बरिष्ठ नेता पौडेल, आखिर देउवा संग किन बिच्किए त पौडेल ? — OSNepal

कांग्रेसको महाधिबेशनको मतदानमा सहभागी भएनन् बरिष्ठ नेता पौडेल, आखिर देउवा संग किन बिच्किए त पौडेल ?

LC (KTM) December 13, 2021 0

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत मतदान सम्पन्न भएको छ । सभापतिका लागि ५ जना बिच प्रतिष्पर्धा भएको छ । अब मतगणना केही बेरमै सुरु हुदैछ । तर सभापतिको दौडमा धेरै निस्किएपछि पछि हटेका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल नयाँ कार्यसमिति चयनका लागि आज भएको मतदानमा सहभागी भएनन् ।

पौडेलसहित ६४ मतदाताले मतदानमा सहभागिता नजनाएको निर्वाचन समितिले जनाएको छ । मतदानमा सहभागी नहुनेमा विशेषतः विदेशस्थित जनसम्पर्क समितिका प्रतिनिधिहरु रहेका छन् । जारी महाधिवेशनमा संस्थापनइतरबाट सभापतिको साझा उमेदवार तय गर्न नेताहरु सहमत नभएपछि असन्तुष्ट बनेका नेता पौडेल आज भएको मतदानमा सहभागि नभएका हुन् ।

पौडेल कांग्रेसको महाधिबेशन उद्घाटनको बेला मात्र गएका थिए त्यो पनि अरु नेताहरुको अनुरोध पछि । बिदेश बाट भने प्रतिनिधीहरु कोरोनाका कारण आउन नसकेको कांग्रेसले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर