पिलुवा खोलाले बगाउँदा अरुण भ्याली हाइड्रोपावरका कर्मचारीको मृ त्यु — OSNepal

पिलुवा खोलाले बगाउँदा अरुण भ्याली हाइड्रोपावरका कर्मचारीको मृ त्यु

LC (KTM) May 29, 2021 0

किमाथाङ्का, १५ जेठ – सङ्खुवासभामा पिलुवा खोलाले बगाउँदा एकजनाको मृ त्यु भएको छ । पिलुवा खोलाले बगाउँदा अरुण भ्याली हाइड्रोपावरका कर्मचारीको मृ त्यु भएको छ । मादी नगरपालिका–५ मूलपानीका ३० वर्षीय महेश दाहालको मृ त्यु भएको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक योगराज खतिवडाले जानकारी दिनुभयो ।

हाइड्रोपावरका कर्मचारी दाहाललाई शुक्रबार अपराह्न ३ः०० बजे खोला तर्ने क्रममा पिलुवा खोलाले बगाएर बेपत्ता बनाएको प्रहरी निरीक्षक खतिवडाले बताउनुभयो । दाहालको शव आज बिहान ७ः०० बजे घटनास्थलभन्दा एक किलोमिटर तल चैनपुर–७ मा फेला परको प्रहरी निरीक्षक खतिवडाले जानकारी दिनुभयो ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर