गणतन्त्र दिवसले राष्टिय एकतासहितको विकास र समृद्धिको अभिभारा पूरा गरोस् — OSNepal

गणतन्त्र दिवसले राष्टिय एकतासहितको विकास र समृद्धिको अभिभारा पूरा गरोस्

LC (KTM) May 29, 2021 0

कर्णाली, १५ जेठ- कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गणतन्त्र दिवस–२०७८ ले राष्ट्रिय एकतासहित विकास र समृद्धिको अभिभारा पूरा गरोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।प्रदेशवासी एवं सम्पूर्ण नेपाली आमाबुबा, दाजुभाइ, दिदीबहिनीमा बधाई तथा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री शाहीले राष्ट्रिय एकतासहित विकास र समृद्धिको अभिभारा पूरा हुने सकेमात्र ‘समृद्ध नेपाल, सुखी नेपाली’सहितको राष्ट्रिय आकाङ्क्षाले सार्थकता पाएर समाजवादी राज्य व्यवस्था स्थापनामा सहयोग पुग्ने बताउनुभएको हो । जननिर्वाचित संविधानसभाबाट आजकै दिन सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल स्थापना हुनुमा नेपाली जनताको दशकौँ लामो अवधिको बलिदानीपूर्ण सङ्घर्षको ऐतिहासिक उपलब्धि भएको उहाँको भनाइ छ ।

सन्देशमा मुख्यमन्त्री शाहीले भन्नुभएको छ, “गणतन्त्र स्थापनाका लागि नेपाली जनताले गरेका ऐतिहासिक जनयुद्ध, जनआन्दोलन र विभिन्न सङ्घर्षका क्रममा आफ्नो ज्यानको आहुति दिने महान् शहीदहरुप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण र बेपत्ता, घाइते तथा अपाङ्गता भएका योद्धाहरुप्रति उच्च सम्मान व्यक्त गर्दछु, गणतन्त्र स्थापनासँगै समावेशी÷समानुपातिक व्यवस्था, धर्मनिरपेक्षता, सङ्घीयतालगायत महत्वपूर्ण राजनीतिक उपलब्धिहरु र संविधानले निर्दिष्ट गरेको समाजवाद स्थापनाको बाटोमा दृढतापूर्वक अघि बढ्न अपिल गर्दछु ।”

कोभिड–१९ को गम्भीर सङ्कटसँग मुकाबिला गरी यस अवस्थाको अन्त्य गर्न प्रदेश सरकार पनि सम्पूर्ण साधनस्रोत तथा संयन्त्रको परिचालनसहित लागिरहेको जनाउँदैै उहाँले नागरिकको जीवनरक्षाका लागि कर्णाली सरकारले आवश्यक नीति, बजेट, स्वास्थ्य सामग्री, जनशक्ति लगायतको यथोचित व्यवस्थापनमा ध्यान केन्द्रित गरेको बताउनुभयो । त्यसका निम्ति आगामी आवको नीति तथा कार्यक्रम र बजेटलाई समेत कोभिड प्रतिकार्यमा केन्द्रित गर्ने तयारी भइरहेको उहाँको भनाइ छ ।

कोरोना महामारीबाट सिर्जित परिस्थितिबाट निराश नहुन तथा धैर्य गर्न आग्रह गर्नुभएका मुख्यमन्त्री शाहीले यसको नियन्त्रण गर्न नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, चिकित्सक, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीले गरिरहेका प्रयासमा सहयोग पु¥याउन, सरकारको निर्देशनअनुसार स्वास्थ्य सुरक्षाका मापदण्ड र निषेधाज्ञाको पूर्ण पालना गर्न आम जनसमुदायलाई अनुरोध गर्नुभएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर