कांग्रेस महाधिवेशन : उम्मेदवार भोट माग्न व्यस्त — OSNepal

कांग्रेस महाधिवेशन : उम्मेदवार भोट माग्न व्यस्त

LC (KTM) December 13, 2021 0

काठमाडौं, २७ मंसिर – नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनमा नेतृत्व चयनका लागि सोमबार बिहान ८ बजेबाट हुने भनिएको मतदान सुरू नहुँदा उम्मेदवार भोट माग्न व्यस्त देखिएका छन् ।

मतपत्र छपाइमा ढिलो भएपछि मतदान प्रक्रिया सुरू हुन सकेको छैन । तर, यही बेला उम्मेदवारहरु भोट माग्न व्यस्त रहेका हुन् ।

भृकुटीमण्डप, राष्ट्रियसभा गृह र प्रहरी क्लबमा मतदान केन्द्र तोकिएको छ । मतदानका लागि लामबद्ध मतदातासँग उम्मेदवारहरूले अहिले भोट मागिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर