प्रधामन्त्री पद जान्छ भनेर डराएका देउवालाई शेखर कोइरालाले झन् यसो भनेपछि... — OSNepal

प्रधामन्त्री पद जान्छ भनेर डराएका देउवालाई शेखर कोइरालाले झन् यसो भनेपछि…

LC (KTM) December 12, 2021 0

काठमाडौं २६ मंसिर । नेपाली कांग्रेसको जारी १४ औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिएका शेखर कोइरालाले प्रधानमन्त्री समेत रहेका वर्तमान सभापतिका शेरबहादुर देउवाले दिएको अधिव्यक्तिको आलोचना गरेका छन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा देउवाले आफुलाई सभापतिमा जिताउन भन्दै प्रतिनिधिहरुसँग आग्रह गरेका थिए । आफुले सभापति नजिते प्रधानमन्त्रीबाट हटाउने भन्दै देउवा भावुक भएका थिए ।

यस विषयलाई लिएर कोइरालाले देउवाको यस्तो अभिव्यक्ति गैर जिम्मेवारपुर्ण भएको टिप्पणी गरेका हुन् । कोइराला समुहले आयोजना गरेको पत्रकार सम्मेलनमा देउवा अभिव्यक्तिको आलोचना गरेका हुन् ।

देउवाले आफुले चुनाव नजिते प्रधानमन्त्रीबाट पनि हटाउने भन्दै सभापतिमा जिताउन आग्रह गरेका थिए ।

पत्रकार सम्मेलनमा कोइरालाले भनेका छन् , ‘उहाँले जुन कुरा बोल्नुभयो, यो अत्यन्त गैरजिम्मेवार कुरा बोल्नुभएको छ । म त अझ के भन्छु भने नेतृत्व परिर्वतन हुन्छ, हुन्छ हुन्छ । तर, त्यो नेतृत्व परिर्वतनले गठबन्धन सरकार अझ दरिलो भएर जान्छ । हामी उहाँहरु जस्तो गैरजिम्मेवार भएर काम गर्न चाहँदैनौं, गर्दा पनि गर्दैनौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर