काठमाडौं २६ मंसिर । नेपाली कांग्रेसको जारी १४ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिएका नेता प्रदीप पौडेलले पार्टीमा पार्टीमा संरचनागत समावेशिताको आधार बनेपनि सदस्यतामा अझै समावेशिता नभएको बताएका छन् ।
काठमाडौंमा आयोजित १४ औँ महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिहरुलाई बधाई तथा शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै नेता पौडेलले यस्तो टिप्पणी गरेका हुन् । ‘हाम्रो संरचनागत समावेशिताको एउटा आधार बनेको छ । तर सदस्यतामा अझै पनि समावेशिता भएको छैन ।’उनले भने ।
आगामी दिनमा आफुहरुले त्यो पक्षलाई गम्भीर ढंगबाट हेनुपर्ने बताएका उनले भनेका छन्, ‘व्यवहारिक पक्षमा संविधानमा लेखेबमोजिम हामीले पार्टी, समाजलाई र मान्छेका मनोविज्ञानहरुलाई समावेशी बनाउन सकिरहेका छैनौँ । त्यो पक्षमा पनि नेपाली काँग्रेसले गम्भीर ढंगबाट काम गर्न जरुरी छ । बिपी कोईरालाको समयमा नेपाली काँग्रेस पार्टी वैचारिक रुपमा जुन ढंगबाट धारिलो थियो । त्यही ढंगबाट, यही रुपमा नेपाली काँग्रेसलाई धारिलो बनाउन आवश्यक छ । यो समाजका सबै विभेदहरुलाई अन्त्य गर्ने प्रयत्न बिपी कोईरालाको नेतृत्वले गरेको थियो ।’
उनले पार्टीका नेताहरु भावनात्मक रुपमा एक हुन नसकेको भन्दै अन्तरसम्बन्धलाई व्यवस्थित गरी एउटा काँग्रेसीलाई चोट लाग्दा सबैलाई दुख्ने स्थिती सिर्जना गर्ने स्थिती सिर्जना गर्नुपर्ने बताएका छन् ।