आफ्नो अजेण्डा कोइरालाको टिमबाट सम्बोधन हुने देखिएको भन्दै न्यौपाने लिए सभापतिबाट उम्मेदवारी फिर्ता — OSNepal

आफ्नो अजेण्डा कोइरालाको टिमबाट सम्बोधन हुने देखिएको भन्दै न्यौपाने लिए सभापतिबाट उम्मेदवारी फिर्ता

LC (KTM) December 12, 2021 0

काठमाडौं २६ मंसिर । नेपाली कांग्रेसको जारी १४ औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिएका युवराज न्यौपानेले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

हिजो शनिबार शभापतिमा उम्मेदवारी दिएका नेता न्यौपानेले आज आइतबार उम्मेदवारी फिर्ता लिएका हुन् ।

आफु सभापतिका उम्मेदवार शेखर कोइरालाई समर्थन गर्ने बताएका उनले आफ्नो अजेण्डा कोइरालाको टिमबाट सम्बोधन हुने देखिएकाले समर्थन फिर्ता लिएको बताएका हुन् ।

न्यौपानेले उम्मेदवारी फिर्ता लिएसँगै अब सभापतिको लागि पाँच जनाको प्रतिस्पर्धा हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर