काठमाडौं, २६ मंसिर । इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएका फरक खेलमा शीर्ष टोली म्यानचेष्टर सिटी, लिभरपुल र चेल्सी विजयी भएका छन् ।
घरेलु मैदान इतिहास स्टेडियममा भएको खेलमा सिटीले १० खेलाडीमा सीमित उल्भ्सलाई १-० अन्तरले पराजित गरेकाे हाे । सिटीका लागि खेलको ६६औँ मिनेटमा रहिम स्टर्लिङले पेनाल्टीमार्फत् विजयी गोल गरे ।
बाँकी समय दुबै टोलीले गोलकाे प्रयास गरेपनि सफल भएनन् । जितसँगै सिटी शीर्ष स्थानमा यथावत रह्यो । खेलको पहिलो हाफमा उल्भ्सका हाउल जिमिनेजले दोहोरो पहेँलो कार्ड ब्यहोर्दा उल्भ्स १० खेलाडीमा सीमित भएको थियो ।
शनिबार राति नै भएकाे अर्काे खेलमा स्टार खेलाडी मोहम्मद सलाहको निर्णायक गोलमा लिभरपुलले एस्टन भिल्लालाई १-० अन्तरले पराजित गरेकाे छ ।घरेलु मैदान एनफिल्डरमा लिभरपुलललाई जिताउँन सलाहले ६७औँ मिनेटमा पेनाल्टीको साहारा लिएका थिए । बाँकी समय गोल नहुँदा स्टेभन जेरार्ड पूर्व क्लब लिभरपुलविरुद्ध जित निकाल्न असफल भए ।
अर्काे रोमाञ्चक खेलमा चेल्सीले लिड्स युनाईटेडविरुद्ध कठिन जित पायो । घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले इन्जुरी समयमा जजिन्होले गरेको गोलसँगै ३-२ अन्तरको जित पायो ।
चेल्सीको जितमा जर्जिन्हो नायक रहे । उनले २ गोल गरे । खेलको २८ मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै लिड्सका राफिन्हाले अग्रता बनाए । ४३ मिनेटमा चेल्सीका मासन माउण्टले गोल गर्दा पहिलो हाफ १–१ अन्तरको बराबरीमा समाप्त भयो ।
५८औँ मिनेटमा जर्जिन्होले गोल गर्दा चेल्सीले २-१ को अग्रता बनायो । ८३औँ मिनेटमा लिड्सका जो गल्हार्डटले गोल गर्दा खेल २-२ अवस्थामा रह्यो । जर्जिन्होले खेलको इन्जरी समयमा गोल गर्दा चेल्सीले तीन अंक जोडयो ।
जितसँगै १६ खेलबाट ३८ अंक बनाएको सिटी शीर्ष स्थानमा छ । ३७ अंकको लिभरपुल दोस्रो स्थानमा रहँदा ३६ अंकको चेल्सी तेस्रो स्थानमा यथावत छ ।