आज पनि चार प्रदेशमा भारी वर्षाको सम्भावना, नारायणी नदीमा बाढीको अवस्था चेतावनी तहमा — OSNepal

आज पनि चार प्रदेशमा भारी वर्षाको सम्भावना, नारायणी नदीमा बाढीको अवस्था चेतावनी तहमा

LC (KTM) May 29, 2021 0

काठमाडौँ- आज पनि देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । ‘यास’ चक्रवातको असर कायमै रहेकाले वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार ‘यास’ चक्रवात पश्चिमउत्तर–पश्चिम सर्ने क्रममा कमजोर भएको छ । तथापि त्यसबाट बनेको न्यून चापीय क्षेत्रको प्रभावले अहिले पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो प्रदेश २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा भीषण वर्षाको सम्भावना रहेकाले सतर्क रहन महाशाखाले आग्रह गरेको छ।तीन दिनदेखिको लगातारको वर्षाले गण्डकी प्रदेशको विभिन्न जिल्लामा पहिरो गएको छ । नवलपरासी पूर्व र पश्चिमका क्षेत्रमा निरन्तर बर्षा भइरहेको र यो क्रम शनिबारसम्म रहन सक्ने भन्दै तटीय क्षेत्रका बासिन्दालाई उच्च सर्तकता अपनाउन अनुरोध गरिएको छ ।

लगातारको वर्षाले नारायणी नदीमा बाढीको अवस्था चेतावनी तहमा पुगेको पनि जल मापन केन्द्रले जनाएको छ ।बर्दघाटमा रहेको बर्षा मापन केन्द्रले शुक्रबार दिउँसो १ सय ९ मिलिमिटर नाघेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर