संस्थापन पक्ष देउवाले टुंग्याए ८ सहमहामन्त्रीको उम्मेदवार,जसमा पिछडिएको क्षेत्रबाट सहमहामन्त्रीमा जीवनबहादुर शाही — OSNepal

संस्थापन पक्ष देउवाले टुंग्याए ८ सहमहामन्त्रीको उम्मेदवार,जसमा पिछडिएको क्षेत्रबाट सहमहामन्त्रीमा जीवनबहादुर शाही

LC (KTM) December 11, 2021 0

काठमाडौं २५ मंसिर । नेपाली कांग्रेसका सभापति शेबहादुर देउवाले पक्षले पनि ८ सहमहामन्त्री र खसआर्यतर्फका केन्द्रीय सदस्यको उम्मेद्वाररको टुंगो लगाएको छ ।

महिला कोटाको सहमहामन्त्रीमा मकवानपुरकी महालक्ष्मी उपाध्याय डिना, आदिवासी जनजाती तर्फको सहमहामन्त्रीमा पाँचथरका भिष्मराज आङ्दाम्बे , अर्घाखाँचीका दलितर्फको सहमहामन्त्रीमा मानबहादुर विश्वकर्माको नाम टुंगो लागेको छ ।

त्यसैगरी , मधेशीतर्फको सहमहामन्त्रीमा महेन्द्र यादव ,आर्यतर्फको सहमहामन्त्रीमा किशोरसिंह राठोर ,थारु तर्फको सहमहामन्त्रीमा उमाकान्त चौधरी,मुस्लिमतर्फको सहमहामन्त्रीमा फर्मुल्लाह मन्सुर र पिछडिएको क्षेत्रको सहमहामन्त्रीमा जीवनबहादुर शाहीको नाम टुंगो लागेको छ ।

त्यस्तै, खस आर्यतर्फका केन्द्रीय सदस्यमा केशवकुमार बुढाथोकी , श्याम घिमिरे , नारायणबहादुर कार्की , कृष्णबहादुर कार्की, गेहेन्द्र गिरी , प्रकाश अधिकारी , गोविन्दबहादुर शाह तथा खस आर्यतर्फकै महिला केन्द्रीय सदस्यमा मञ्जु खाण, नानु बास्तोला , चम्फा खड्का, कान्तिका सेजुवाल , लिला नेपाल र विद्या तिमिल्सिनाको नाम सिफारिस गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर