पछिल्लो २४ घण्टामा थप २५९ जनामा कोरोना संक्रमण हुँदा ३३७ जना भए निको — OSNepal

पछिल्लो २४ घण्टामा थप २५९ जनामा कोरोना संक्रमण हुँदा ३३७ जना भए निको

LC (KTM) December 10, 2021 0

काठमाडौं २४ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा थप २५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा हाल सम्म कोरोना संक्रमितको कुल संख्या ९ लाख १९ हजार ५१४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा १० हजार ४८७ जनाको (पीसीआर र एन्टीजेन) परीक्षण गर्दा २५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी पछिल्लो २४ घण्टामा थप ३३७ जना कोरोना संक्रमणमुक्त भएका छन् त्यसैगरी पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ ।

कोरोनाका बिरामीमध्ये ११५ जना आईसीयू र ३१ जना भेन्टिलेटरमा उपचारर गराइरहेका मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर