काठमाडौं २४ मंसिर । सांसद ह्रयदेश त्रिपाठीले नयाँ पार्टीको घोषणा गर्ने भएका छन् । मंसिर २८ गते नयाँ दल घोषणा गर्न लागेका त्रिपाठीले दलको नाम जनता प्रगतिशील पार्टी राख्ने भएको छ ।
त्रिपाठीको नेतृत्वमा घोषणा हुन लागेको उक्त नयाँ दलको नाम, झण्डा र राजनीतिक दस्तावेज २८ गते घाषणा गर्ने भएका छन् । पार्टीमा तत्कालीन स्वतन्त्र राजनीतिक समूहमा आवद्ध नेताहरु मात्र नभई अन्य व्यक्तिहरुलाई पनि समेटिएको बताएका छन् ।
त्यसै गरी, आज दिउँसो तिन बजे पुर्व डिआईजी रमेश खरेलले पनि नयाँ दलको घोषणा गर्ने भएका छन् ।