एउटै अडान लिएर बसेका सिंहलाई आफ्नै समुहबाट लाग्यो झड्का : शेखरलाई आधिकारिक उम्मेदवारको रुपमा अघि सारिँदै — OSNepal

एउटै अडान लिएर बसेका सिंहलाई आफ्नै समुहबाट लाग्यो झड्का : शेखरलाई आधिकारिक उम्मेदवारको रुपमा अघि सारिँदै

LC (KTM) December 10, 2021 0

काठमाडौं २४ मंसिर । नेपाली कांग्रेसको आज शुक्रबार बाट १४ महाधिवेशन सुरु हुने भएको छ । महाधिवेशनको उद्घाटन सत्र सुरु हुनै लाग्दा पनि नेतृत्व चयनमा सहमति नभएपछि यतिबेला संस्थापन इतर समुह तनावमा परेको छ ।

महाधिवेशन सुरु हुन केहि समय मात्र बाँकी रहँदा वरिष्ठ नेता रामचन्द्र पौडले समुह सहमति जुटाउन लागि परेको छ । नेता प्रकाशमान सिंह र शेरखर कोइरालाबिच सहमति नजुट्दा यस्तो अवस्था र्सिजना भएको हो ।

साझा उम्मेदवारमा सहमति भएपछि आफ्नो नाम नै हुनुपर्ने अडान राख्दै आएका छन् नेता सिंह । सभापति उम्मेदवारको लागि अन्तिम प्रयास स्वरुप पोडेल निवास बोहोराटारमा बैठक जारी रहेको छ । युवा नेताहरु सहित बसेको बैठकमा भने शेखरलाई आधिकारिक उम्मेदवारको रुपमा प्रस्तुत गर्ने विषयमा छलफल बुझिएको छ ।

 हिजो   बिहिबार भएको  युवा नेताहरुसँगको   छलफलमा पनि  सिंहले  सभापति उम्मेदवारबाट  पछि   नहट्ने  अडान लिएपनि   अब  शेखरलाई आधिकारिक उम्मेदवारको रुपमा अघि सार्ने विषयमा हाम्रो छलफल  बैठकमा सहभागी एक नेताले जानकाी दिएका   छन् । 

यस अघि नै नेता अ शशांक कोइरालाले भने सहमतिमा नै उम्मेदवारको दावी छोडिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर