कांग्रेसको १४ औं महाधिवेशनको लागि ५ हजार बढी प्रहरी खटाइयो जसमा ट्राफिक प्रहरी मात्रै ३५० बढी परिचालन — OSNepal

कांग्रेसको १४ औं महाधिवेशनको लागि ५ हजार बढी प्रहरी खटाइयो जसमा ट्राफिक प्रहरी मात्रै ३५० बढी परिचालन

LC (KTM) December 10, 2021 0

काठमाडौं २४ मंसिर । आजबाट सुरु हुने नेपाली कांग्रेसको १४ औं महाधिवेशनको लागि काठमाडौं उपत्यकामा पाँच हजार बढी सुरक्षा प्रहरी परिचाल गरिएको छ ।

भृकुटी मण्डपमा हुने उद्घाटन शत्रलाई तीन घेरा बनाएर सुरक्षा व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ । प्रविधिको प्रयोग गरेर परीक्षण तथा आवश्यक सुरक्षा प्रवन्ध मिलाइनुका साथै पैदल र मोबाइल गस्तीलाई पनि नियमित गरिएकोm प्रहरीले जनाएको छ ।

ट्राफिक व्यवस्थापनमा महानगरीय ट्राफिक प्रहरी महाशाखाले व्यवस्थापनका लागि ट्राफिक प्रहरी मात्रै ३५० बढी परिचालन गरिएको बताएको छ ।

कार्यक्रमस्थल वरपर जाम नहोस् भनेर पद्मोदय मोड, कमलादी मोड, सभागृहमोड, सिंहदरबार चोक र माइतीघरबाट डाइभर्सन प्रयोग गरिनुको साथै टुँडिखेल वरपर अत्यधिक सवारी साधनको चाप भएमा त्रिपुरेश्वर चोक, बालाजु चोक, नारायणगोपाल, कलंकी, बल्खु, जावलाखेल, तीनकुने र गौशाला चोकबाट नै डाइभर्सन गर्ने गरी सुरक्षा योजना बनाइएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर