माल्दिभ्समा कोरोनाबाट अहिलेसम्म १५१ जनाको मृत्यु — OSNepal

माल्दिभ्समा कोरोनाबाट अहिलेसम्म १५१ जनाको मृत्यु

LC (KTM) May 28, 2021 0

माले, १४ जेठः कोरोनाभाइरसका कारण माल्दिभ्समा अहिलेसम्म १५१ जनाको मृत्यु भएको छ । तीमध्ये तीन जनाको निधन पछिल्लो २४ घण्टामा भएको भन्दै सरकारी अधिकारीहरुले बिहीबार विवरण सार्वजनिक गरेका छन् ।

स्वास्थ्य प्रबद्र्धन निकायलाई उदृत गर्दै सार्वजनिक गरिएको विवरण अनुसार कोरोनाका कारण यो महिना मात्रै ७४ जनाको मृत्यु भएको छ ।यसअघि सन् २०२० को मार्च र डिसेम्बरको बीचमा ५१ जनाको मृत्यु भएको थियो ।

महामारी नियन्त्रणका लागि सरकारले विभिन्न उपायहरु अपनाइरहेको र महामारी नियन्त्रणलाई उच्च प्राथमिकता दिएको सरकारी अधिकारीहरुको दावी छ ।

माल्दिभ्समा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको कूल सङ्ख्या एक हजार २९९ रहेको छ । देशभरी कूल ६० हजार ९४३ जनाको कोरोना परीक्षण गर्दा त्यति मानिसमा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

माल्दिभ्समा अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाहरूको सङ्ख्या २५ हजार ४१९ रहेको अधिकारीहरुले जानकारी दिएका छन् । सक्रिय सङ्क्रमितमध्ये २७० जना मात्रै अस्पताल भर्ना भएका छन् भने अन्यले घरमै बसेर कोरोनाविरुद्ध संघर्ष गरिरहेका छन् । (रासस÷एएनआई)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर