आज राति ‘भ्वाईस अफ नेपाल’ आउँछ कि आउँदैन ? नकराउट राउण्डबारे शुसिल नेपालले यस्तो भने (भिडियो हेर्नुस) — OSNepal

आज राति ‘भ्वाईस अफ नेपाल’ आउँछ कि आउँदैन ? नकराउट राउण्डबारे शुसिल नेपालले यस्तो भने (भिडियो हेर्नुस)

LC (KTM) May 28, 2021 0

अघिल्लो साता छायाँकन एपिसोडहरु सकिएपछि भ्वाईस अफ नेपाल प्रसारण भएन । त्यससँगै धेरै दर्शक, श्रोताहरुले कौतुहलता जनाए, आज र भोली नकआउट चरण आउँछ कि आउँदैन । यसैबिच कार्यक्रमका प्रस्तोता तथा निर्माण शुसिल नेपालले यस्तो लेखेका छन् । नमस्कार सम्पूर्ण संगीत प्रेमी तथा भ्वाईस अफ नेपाल लाई माया गर्नु हुने दर्शकहरूलाई। गत हप्ता नकआउट चरण का नयाँ एपिसोडहरु प्रशारण नहुने जानकारी पोष्टमा यहाँहरूको शतप्रतिशत पोजिटिभ प्रतिक्रियाको लागि हामी घेरै नै आभारी र हर्षित पनि छौ। “कसैको पनि जिवन र स्वास्थ्य नै सबै भन्दा ठुलो हो” भन्ने कुरालाई पहिलो प्राथमिकता दिनु पर्छ भन्ने यहाँहरूको प्रतिक्रियाहरूको लागि फेरी पनि धन्यवाद।

राज्यले जारी गरेको निषेधाज्ञा र बढ्दो कोभिड संक्रमणबाट सबै प्रत्यक्ष या अप्रत्यक्ष ढंगले प्रभावित भएकै छौ । यही मारमा यहाँहरुले सर्वाधिक मन पराउनु भएको नम्बर १ सिङ्गिङ रियालिटी शो ‘द भोइस अफ नेपाल-3” पनि परेको यहाँलाई बिदितै छ। तसर्थ ब्लाइन्ड र ब्याटल राउन्ड गरी १८ एपिसोड प्रसारण पश्चास्त ‘नक आउट’ राउन्डको एपिसोड अवरुद्द हुन पुगेको हो । मुख्य त यहि कोभिड र अरू केहि प्राविधिक कारणहरूले गर्दा हामी हाम्रा सम्पूर्ण दर्शकहरू संग क्षमा माग्दै यो हप्ता पनि नकआउट चरणका कुनै पनि नयाँ एपिसोडहरु प्रशारण नहुने जानकारी गराउन चाहन्छौ। भिडियो हेर्नुस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर