प्रदेश १ मा १३ जनालाई कोरोना संक्रमण , २५ जना संक्रमणमुक्त — OSNepal

प्रदेश १ मा १३ जनालाई कोरोना संक्रमण , २५ जना संक्रमणमुक्त

LC (KTM) December 09, 2021 0

प्रदेश १ मा पछिल्लो २४ घण्टामा १३ जनामा कोरोना संक्रमण भएको छ । ३४६ जनाको पीसीआर परीक्षण गर्दा ११ र १२१ जनाको एन्टिजेन परीक्षण गर्दा २ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मन्त्रालयको अनुसार पीसीआर परीक्षणका आधारमा सुनसरीमा ५, मोरङमा ३, झापामा २ र प्रदेश १ बाहिरका एक जनामा संक्रमण देखिएको हो ।

सुनसरीको धरान र इटहरीमा २–२ र इनरुवामा १, मोरङको विराटनगर, सुन्दरहरैचा र बेलबारीमा १–१, झापाको हल्दिबारी र दमकमा १–१ र प्रदेश १ बाहिरका एक जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा आज २५ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ११ महिला र १४ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक महिला र एक पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर