प्रदेश १ मा कोरोना संक्रमित भन्दा संक्रमण मुक्त हुनेको संख्या बढ्यो — OSNepal

प्रदेश १ मा कोरोना संक्रमित भन्दा संक्रमण मुक्त हुनेको संख्या बढ्यो

LC (KTM) May 28, 2021 0

प्रदेश १ मा आज ७९१ जना संक्रमणमुक्त भएका छन् । मोरङबाट सवैभन्दा बढी ३२८ जना संक्रमणमुक्त भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ३४१ महिला र ४५० पुरुष संक्रमणमुक्त भएका छन् । हाल सम्म कुल ३४ हजार ५३७ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ७४९ जनाकोरोना संक्रमित थपिएका छन् । मोरङमा २३२, झापामा २०७, सुनसरीमा १६४, धनकुटामा ३८, उदयपुरमा ३४, संखुवासभामा २५, इलाममा १३, पाँचथरमा ८, ताप्लेजुङमा ३ र प्रदेश १ बाहिरका २५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ८४ महिला र ८० पुरुष सहित १६४, सुन्दरहरैचामा २४, पथरीशनिश्चरेमा ११, उर्लाबारीमा ८, बुढीगंगामा ६, कटहरी र बेलबारीमा ५–५, ग्रामथानमा ३, मिक्लाजुङ, लेटाङ, धनपालथान र रतुवामाईमा १–१ र स्थानीयतह नखुलेका २ जनामा संक्रमण देखिएको छ ।

झापाको विर्तामोडमा ५५, कनकाईमा ३६, दमकमा २१, शिवसताक्षीमा १८, मेचीनगर र बुद्धशान्तिमा १७–१७, भद्रपुरमा १२, अर्जुनधारामा १०, बा¥हदशी, गौरीगञ्ज र कमलगाउँपालिकामा ५–५, झापागाउँपालिकामा ४, हल्दिबारीमा २ जनामा संक्रमण देखिएको छ ।

सुनसरीको इटहरीमा ६४, धरानमा ४६, दुहवीमा २९, इनरुवामा ११, बराहक्षेत्रमा ५, भोक्राहानरसिंह र कोशी गाउँपालिकामा २–२, रामधुनी, देवानगञ्ज, हरिनगर, गढी र स्थानीयतहनखुलेका १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

त्यसैगरि धनकुटाको धनकुटा नगरपालिकामा २६, पाख्रिवासमा ८, शहिदभूमी र छथरमा २–२,उदयपुरको त्रियुगामा २९, बेलका र स्थानीयतह नखुलेका २–२, उदयपुरगढीमा १, संखुवासभाको पाँचखपनमा २१, खाँदबारीमा ३, स्थानीयतह नखुलेका १ जनामा संक्रमण भएको छ ।

इलामको इलाम नगरपालिकामा ६, माई नगरपालिकामा ५ र सुर्योदयमा २, , पाँचथरको तुम्वेवामा ६ र स्थानीयतह नखुलेका २, ताप्लेजुङमा ३ र प्रदेश १ बाहिरका २५ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ माकोरोना संक्रमितको संख्या ५५ हजार ६७६ पुगेको छ । सक्रिय संक्रमितको संख्या २० हजार २९८पुगेको छ । प्रदेश १ मा आज १ हजार ९४५ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ३३५ महिला र ४१४ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर