सभापति पदको लागि नेता सिंह लागे उम्मेदवारी दर्ता गर्ने तयारीमा — OSNepal

सभापति पदको लागि नेता सिंह लागे उम्मेदवारी दर्ता गर्ने तयारीमा

LC (KTM) December 09, 2021 0

काठमाडौं २३ मंसिर । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सभापतिको उम्मेदवारी दर्ता गर्ने तयारीमा रहेका छन् । आफु सभापतिको उम्मेवारबाट पछि नहट्ने जिकिर गरेका उनले मंसिर २५ गतेलाई ताकिएको उम्मेदवारी दर्ताको लागि आफुले तयारी थालेको बताएका छन् ।

भोली मंसिर २४ गते १४ औं महाधिवेशनको उद्घाटन हुने कार्यतालिका रहेको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल संस्थापन इतर समुहबाट नेता सिंह सहित शेखर कोइरालाले पनि आफु अगाडी बढिसकेको बताउँदै अब पछि नहट्ने निणर्य गरेका छन् ।

नेता सिंहलाई साझा सहमतिमा उम्मेदवार चयन गर्रौ भनेर छलफल गर्दा पनि आफ्नो नाम नहट्ने जिकिर गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर