महामन्त्री पदमा उम्मेदवारी दिएका गगनको गर्जन 'मेरो लागि मात्र होइन सभापतिको लागि पनि भोट माग्छु' — OSNepal

महामन्त्री पदमा उम्मेदवारी दिएका गगनको गर्जन ‘मेरो लागि मात्र होइन सभापतिको लागि पनि भोट माग्छु’

LC (KTM) December 09, 2021 0

काठमाडौं २३ मंसिर । नेपाली कांग्रेसका नेता गगन थापाले महामन्त्री पदको लागि उम्मेदवारी दिएसँगै भोट पनि मागेका छन् । आज बिहीबार महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका उनले आफ्नो लागि मात्र नभई सभापति पदको लागि पनि भोट माग्ने बताएका छन् ।

सभापतिको उम्मेदवारी नटुंगिए पनि मत हाल्ने दिनसम्म मत माग्ने बताएका उनले भने, मैले सभापतिमा जसलाई मत हाल्छु, उसको लागि पनि मत माग्छु’।

आफू महामन्त्रीमा निर्वाचित भएको दिनदेखि राजनीतिक परीक्षा शुरु हुने बताएका उनले यो परिक्षमा आफु पास भए त्या भन्दा माथिको परिक्षा दिन तयारी गर्ने समेत बताएका छन् ।

‘कांग्रेससँग प्रश्न होइन, उत्तर हुन्छ । कांग्रेससँग समस्या होइन समाधान हुन्छ । जनतालाई रुख चिह्नमा मत हालौं हालौं लाग्छ र शानदार ढंगले चुनाव जितेर आउँछ’ थापाले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर