सन् २०४३ भित्र न्यूजील्यान्डको जनसंख्याको २६ प्रतिशत हिस्सा एसियाली मूलका हुने — OSNepal

सन् २०४३ भित्र न्यूजील्यान्डको जनसंख्याको २६ प्रतिशत हिस्सा एसियाली मूलका हुने

LC (KTM) May 28, 2021 0

वेलिङ्टन, १४ जेठ – न्यूजील्यान्डको जनसंख्या आगामी दुई दशकभित्र जातीय रुपमा अझ विविधतापूर्ण हुने प्रक्षेपण गरिएको छ ।

न्यूजील्यान्डको जनसंख्या विभागका अनुसार सन् २०४३ भित्र कूल जनसंख्याको झण्डै ४३ प्रतिशत एसियाली मुलका नागरिक हुनेछन् ।

विभागले सन् २०१८ मा एसियाली मुलका नागरिकको जनसंख्या १६ प्रतिशत रहेकामा अब त्यो बृद्धि भएर सन् २०४३ मा २६ प्रतिशत पुग्ने जनाएको छ ।

सन् २०१८ मा “युरोपेली वा अन्य” मुलका नागरिकको जनसंख्या ७० प्रतिशत रहेकामा त्यो घटेर ६४ प्रतिशत हुने विभागको अनुमान छ ।

विभागका जनसंख्या पूर्वानुमान व्यवस्थापक हामिश स्लाकले एक विज्ञप्ति जारी गर्दै भन्नुभयो, “सबै जातीय समूहको जनसंख्या आगामी दुई दशकमा बृद्धि हुनेछ, तर जनसंख्याको ठूलो हिस्सा रहेको युरोपेली वर्गको जनसंख्या बृद्धिमा निकै कमी आउने छ ।”

स्लाकका अनुसार भिन्न भिन्न जातीय समूहबीच जन्म, मृत्यु र आप्रवासनको दर फरक फरक छ । उमेर समूहका आधारमा पनि जातीय समूहको हिस्सा फरक देखिएको छ । उदाहरणका लागि, सन् २०१८ मा माओरी समुदायका ०–१४ वर्ष उमेर समूहका युवाको जनसंख्या २७ प्रतिशत रहेकामा ६५ वर्षभन्दा बढीको उमेर समूहमा ७ प्रतिशत मात्र देखिएको छ ।

व्यवस्थापक स्लाकले सन् २०२० को डिसेम्बरमा सार्वजनिक भएझैं न्यूजील्यान्डको कूल जनसंख्या २० देखि ३० वर्षको अवधिमा करिब ६० लाख पुग्न सक्ने बताउनुभयो ।

एसियाली र माओरी समुदायको जनसंख्या सन् २०२४–२०२७ र २०२८–२०३२ को अवधिमा १० लाखभन्दा बढी हुने तथ्याँक विभागको भनाई छ ।

माओरी समुदायको जनसंख्या औसतभन्दा बढी दरमा बृद्धि हुनेछ भने एसियाली मूलको जनसंख्या आप्रवासनका कारण बृद्धि हुनेछ, स्लाकले भन्नुभयो ।

विभागका अनुसार सन् २०२० को दशकको शुरुमा माओरी जनसंख्याभन्दा एसियाली मूलको जनसंख्या बढी तिब्र गतिमा बृद्धि हुनेछ । खासगरी चिनियाँ र भारतीय समूहको जनसंख्या न्यूजील्यान्डमा बढी हुनेछ । (रासस–सिन्ह्वा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर