अफगान सेनाको हवाई कारबाहीमा लुकिछिपी बसेका २३ जनाको मृ त्यु — OSNepal

अफगान सेनाको हवाई कारबाहीमा लुकिछिपी बसेका २३ जनाको मृ त्यु

LC (KTM) May 28, 2021 0

मजार–ए–सरिफ, १४ जेठ – अफगान सेनाको हवाई कार बाहीमा २३ जना तालिबानी लडाकूको मृ त्यु भएको सेनाले जनाएको छ ।

अफगानिस्तानको उत्तरी बाल्ख प्रान्तको सोल्गाडा जिल्लामा लुकिछिपी बसेका तालिबानी लडाकूलाई लक्षित गरी बिहीबार गरिएको कारबाहीमा ती लडाकू मारिएका हुन् । कारबाहीमा अरु ११ जना लडाकू गम्भीर घाइते भएका छन् ।

सेनाको उत्तरी क्षेत्रका प्रवक्ता मोहम्मद हनिफ रेजाईले हवाई कारबाहीमा लडाकू समूहले प्रयोग गर्ने मोटरसाइकल, अन्य सवारी साधन र हातहति यार बरामद गरिएको जानकारी दिनुभयो ।

बाल्ख प्रान्तको सदरमुकाम मजार–ए–सरिफ सहित वरपरका इलाकामा निकै प्रभाव जमाएका तालिबान समूहले भने उक्त कारबाहीका बारेमा केही बताएका छैनन् ।

अफगानिस्तानबाट अमेरिकी र नेटो फौज फिर्तीको अभियान चलिरहे पनि देशभित्र शृंखलाबद्ध हिं सात्मक घटनाहरु नियमित रुपमा भइरहेका छन् । (रासस–सिन्ह्वा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर