अपोलो अस्पतालले रूसी खोप स्पुत्निक–भी एक हजार १९५ रूपैयाँमा उपलब्ध गराउने — OSNepal

अपोलो अस्पतालले रूसी खोप स्पुत्निक–भी एक हजार १९५ रूपैयाँमा उपलब्ध गराउने

LC (KTM) May 28, 2021 0

नयाँ दिल्ली, १४ जेठः अपोलो समूहका अस्पतालहरूले जूनको दोस्रो हप्तादेखि कोभिड–१९ विरुद्धको रूसी खोप लगाउने भएका छन् ।

“हामी खोपका लागि ९९५ भारतीय रुपैयाँ लिनेछौं साथै सेवाका लागि २०० रुपैयाँ प्रशासन शुल्क लाग्ने छ,” अपोलो समूहका एक अधिकारीले बताए ।

अपोलो समूह अस्पतालका कार्यकारी उपाध्यक्ष शोबाना कामिनेनीद्वारा जारी एक विज्ञप्तिमा भन्नुभएको छ, “समूहले भारतमा ८० स्थानहरुबाट १० लाख मात्रा खोप लगाइसकेको छ ।

अग्रमोर्चामा काम गर्ने श्रमिक, उच्च जोखिमयुक्त जनसंख्या र कर्पोरेट कर्मचारीहरुलाई खोप लगाउन प्राथमिकता दिनेछ ।”

उनीहरूको खोप कार्यक्रमको बारेमा विस्तृत जानकारी दिँदै कामिनेनीले भन्नुभयो, “जुन महिनामा हामी हरेक हप्ता १० लाख खोप लगाउने छौँ भने जुलाईमा यो क्षमतालाई दुई गुणा बढी बनाउने छौँ । हामी यो बर्षको सेप्टेम्बरसम्ममा २० करोड खोपहरू लगाउने कामलाई सम्पन्न गर्ने उद्देश्य लिएका छौ ।”

रूसी खोप स्पुत्निक–भी भारतमा यस महिनाको सुरुदेखि लगाउन थालिएको हो । रिपोर्ट अनुसार भारत र रूसले हरेक महिना तीन करोड ५० लाखदेखि चार करोड खोप उत्पादन गर्ने बताएका छन् जुन अगस्ट वा सेप्टेम्बरदेखि सुरु हुनेछ । (रासस÷एएनआई)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर