आफ्नो र परिवारको जीवन जोखिममा राखेर उपचार गर्ने स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार हुनु खेदजनक : राष्ट्रपति भण्डारी — OSNepal

आफ्नो र परिवारको जीवन जोखिममा राखेर उपचार गर्ने स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार हुनु खेदजनक : राष्ट्रपति भण्डारी

LC (KTM) May 28, 2021 0

काठमाडौँ १४ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले गए राति बाँकेको भेरी अस्पतालमा भएको घटनालाई लिएर खेद प्रकट गरेकी छन् । कोभिड–१९ का बिरामीको उपचारमा संलग्न भेरी अस्पतालका चिकित्सक तथा नर्सप्रति दुर्व्यवहार हुनु खेद जनक भएको बताएकी हुन् भण्डारीले आज सामाजिक सञ्जाल मार्फत यस्तो खेद प्रकट गरेकी हुन् ।

सामाजिक सञ्जाल ट्वीटर राष्ट्रपति भण्डारीले आफ्नो र परिवारको जीवन जोखिममा राखेर कोभिड–१९ का बिरामीको उपचारमा संलग्न भेरी अस्पतालका चिकित्सक तथा नर्सप्रति दुर्व्यवहार हुनु खेदजनक भएको लेखेकी छन्।भण्डारीले दुख परेका बेला भावनात्मक उत्तेजना हुन सक्छ। यस विषम परिस्थितिमा संयम र धैर्य अपनाउँदै यो महामारीलाई परास्त गर्नु हामी सबैको साझा दायित्व हो भनेकी छन् ।

भण्डारीले लेखेकी छन् , आफ्नो र परिवारको जीवन जोखिममा राखेर कोभिड–१९ का बिरामीको उपचारमा संलग्न भेरी अस्पतालका चिकित्सक तथा नर्सप्रति दुर्व्यवहार हुनु खेदजनक छ। दुस्ख परेका बेला भावनात्मक उत्तेजना हुन सक्छ। यस विषम परिस्थितिमा संयम र धैर्य अपनाउँदै यो महामारीलाई परास्त गर्नु हामी सबैको साझा दायित्व हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर