देशभर २० हजार बढीको पिसिआर गर्दा शुक्रबार ७ हजार जनामा संक्रमण पुष्टि — OSNepal

देशभर २० हजार बढीको पिसिआर गर्दा शुक्रबार ७ हजार जनामा संक्रमण पुष्टि

LC (KTM) May 28, 2021 0

काठमाडौं । काठमाडौँ उपत्यकामा शुक्रबार एकै दिन २३ सयभन्दा बढी संक्रमित थपिएका छन् । पछिल्लो ३ दिनदेखि संक्रमणदर घटेका बेला काठमाडौँमा शुक्रबार मात्र १७ सय ९६ संक्रमित फेला परेका छन् । त्यस्तै, ललितपुरमा ३१५ जना तथा भक्तपुरमा २१३ जना संक्रमित थपिएका छन् ।

त्यस्तै शुक्रबार देशभर नयाँ संक्रमित भन्दा निको हुनेको संख्या ह्वात्तै बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ६ हजार ९५१ जना संक्रमित थपिँदा ९ हजार ८४१ जना निको भएका छन् ।

मन्त्रालयका अनुसार २० हजार ११० जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ६९५५ र एन्टिजेन विधिबाट ९६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कूल संक्रमितको संख्या ५ लाख ४९ हजार १११ पुगेको छ । त्यस्तै आज , थप ९६ जनाले ज्यान गुमाएका छन् । योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ हजार ४७ पुगेको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर