राप्रपाका अध्यक्ष लिङदेनले बोलाए पहिलो केन्द्रिय कार्यसमितिको बैठक — OSNepal

राप्रपाका अध्यक्ष लिङदेनले बोलाए पहिलो केन्द्रिय कार्यसमितिको बैठक

LC (KTM) December 06, 2021 0

काठमाडौं २० मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले केन्द्रिय कार्यसमितिको बैठक बोलाएका छन् ।

एकता महाधिवशेनमा कमल थापालाई हराउँदै नेता लिङदेन अध्यक्षमा निर्वाचित भएपछि उनले आज सोमबार धुम्बाराहीस्थित पार्टी कार्यालयमा पदबहाली गर्दै बुधबारको लागि केन्द्रिय कार्यसमितिको बैठक बोलाएका हुन् ।

पहिलो बैठकलाई‘ परिचयात्मक बैठक’ को संज्ञा दिएका उनले आफु निवर्तमान अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर राणा र डा.प्रकाशचन्द्र लोहनीसँग सरसल्लाह गरेर अघि बढ्ने समेत जानकारी दिएका छन् ।

‘राप्रपालाई ठूलो बनाउने मात्र होइन, देश र जनताको पक्षमा काम गरेर देखाउने छौँ । हामीले थुप्रै चुनौती सामना गरेर अघि बढ्नुपर्नेछ,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर