थप २६५ जनामा कोरोना संक्रमण पुष्टि , २६५ जना निको , २ जनाको मृत्यु — OSNepal

थप २६५ जनामा कोरोना संक्रमण पुष्टि , २६५ जना निको , २ जनाको मृत्यु

LC (KTM) December 06, 2021 0

काठमाडौं २० मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा थप २६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा आज सम्म कोरोना संक्रमितको संख्या ९ लाख १८ हजार ४४९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ७ हजार १ सय १४ जनाको पीसीआर परीक्षण गर्दा २३८ जना र १ हजार ५ सय ३३ जनाको एन्टिजेन परीक्षण गर्दा २७ जना गरी २६५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तैगरी , पछिल्लो २४ घण्टामा ३५७ जना निको भइ घर फर्किएका छन् । साथै २ जना संक्रमितको भने ज्यान गएको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ५४३ पुगेको छ ।

कोरोनाका बिरामीमध्ये १४४ जना आईसीयू र ३२ जना भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर