देश एमसीसीको विवादमा अल्झिएको छ , लिने हो भने प्रष्ट भने हुन्छ : प्रस्तावित राजदूत खत्री — OSNepal

देश एमसीसीको विवादमा अल्झिएको छ , लिने हो भने प्रष्ट भने हुन्छ : प्रस्तावित राजदूत खत्री

LC (KTM) December 06, 2021 0

काठमाडौं २० मंसिर । अमेरिकाका लागि प्रस्तावित नेपाली राजदूत श्रीधर खत्रीले अमेरिकन मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को बारेमा नेपाल र अमेरिका दुबै तर्फबाट भ्रम फैलाइएको बताएका छन् ।

सोमबार संसदीय समितिको सुनुवाईका क्रममा एमसीसीलाई इन्डो प्यासिफिकसँग जोड्नु गलत भएको भन्दै प्रस्तावित राजदूत खत्रीले भने ‘लिने हो भने प्रष्ट भने हुन्छ । नलिने हो भने पनि प्रष्ट भने हुन्छ ।’

देश एमसीसीको विवादमा अल्झिएको भन्दै उनले भने , ‘अमेरिकाले पनि गल्ती गरेको छ । केही पहिले विदेश सहायकमन्त्री आउनुभएको बेला यसबारे उहाँसँग कुरा गरेको थियो । अमेरिकाको डिफेन्स सहायकमन्त्रीले इन्डोप्यासिफिकमा पर्छ भनेकाले भ्रम फैलिएको देखिन्छ,’।

अमेरकालाई नेपालले आफ्नो भौगोलिक अवस्थिति े बुझाउनुपर्ने बताएका उनले अमेरिकालाई नेपालको असंलग्नताको सिद्धान्त बुझाउनुपर्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर