विवेकशील साझा पार्टीका नेता उज्जवल थापाको स्वास्थ्य अवस्था गम्भिर, उपचारमा आर्थिक समस्या परेपछि आर्थिक सहयोगको आह्वान — OSNepal

विवेकशील साझा पार्टीका नेता उज्जवल थापाको स्वास्थ्य अवस्था गम्भिर, उपचारमा आर्थिक समस्या परेपछि आर्थिक सहयोगको आह्वान

LC (KTM) May 28, 2021 0

काठमाडौं- विवेकशील साझा पार्टीका नेता उज्जवल थापाको स्वास्थ्य अवस्था गम्भिर भएको छ । कोरोना लागेपछि ह्याम्स अस्पताल भर्ना गरिएका उनको स्वास्थ अबस्था गम्भीर बन्दै गएपछि भ्यान्टिलेटरमा राखेर उपचार भइरहेको बताइएको छ । उनको फोक्सोमा समस्या देखिएको चिकित्सकहरुले बताएका छन् ।

पार्टीका संयोजक मिलन पाण्डेका अनुसार ह्याम्पसबाट उनलाई ग्राण्डी अस्पताल रिफर गरिएको थियो । शुक्रबार नेपाल मेडिसिटी अस्पतालमा लगिँदैछ । उनको ‘इक्मोको उपचारका लागि २५ लाख लाग्ने डाक्टर बताएपछि उपचारमा आर्थिक समस्या परेको बताइएको छ । परिवारमा आर्थिक अवस्था नाजुक भएको कारण उनको उपचारका लागि साथीहरु मिलेर आर्थिक सहयोगको आह्वान गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर