काठमाडौँ १४ जेठ । आर्थिक वर्ष २०७७/ ७८ को सर्वेक्षण सार्वजनिक भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सर्वेक्षण सार्वजनिक गर्दैचालु आर्थिक वर्षमा आर्थिक वृद्धिको ४.०१ प्रतिशत लक्ष्य भेटाउन समेत मुस्किल पर्ने बताएका छन् । पौडेलले कोरोना महामारीले गर्दा अर्थमा नराम्रो असर परेको बताएका छन् ।
सर्वेक्षण सार्वजनिक कार्यक्रमा सहभागी भएका अर्थ सचिव शिशिरकुमार ढुंगानाले निषेधाज्ञा अघिसम्म अर्थतन्त्रको वृद्धिदरले विगतको भन्दा राम्रो भएको र अहिले महामारीले गर्दा यस्तो अवस्था र्सिजना भएको बताएका छन् ।नेपालको २०७६र७७ मा आर्थिक वृद्धिदर २.१२ प्रतिशत ऋणात्मक थियो ।