काठमाडौ । तनहुँ, भानुकी २५ वर्षीया गर्भवतीलाई गत शुक्रबार दिउँसोदेखि नै सुत्केरी व्यथा लागेको थियो। उनी ब्यथा लाग्न सुरु गरेदेखि नै आत्तिन थालिन् । आफन्तले हतारिँदै पोखरा त पुर्याए तर कोरोना पोजेटिभ आयो । पिसिआर परीक्षण गर्दा उनको रिपोर्ट कोरोना पोजेटिभ आए लगत्तै उनले बच्चा जन्माइन् ।
बच्चा जन्मिएपछि सुरुमा बच्चालाई पोजेटिभ रिपोर्ट आएको भएपनि पछि नेगेटिभ आयो । अहिले बच्चाको स्वास्थ्य सुधार हुँदै गएपनि सुत्केरी आमालाई भने श्वास फेर्न गाह्रो हुँदै गइराखेको थियो । तत्कालै उनले सँधैका लागि आफ्ना पति, नवजात शिशु र परिवारलाई छाडेर गइन् ।
अस्पतालले अचानक बिहीबार रातीदेखि अक्सिजनको अभाव भएको जानकारी बिरामी र तिनका आफन्तलाई दियो। महिलाका आफन्तले अक्सिजन उत्पादन हुने क्षेत्र देखि हिमाल आरोहण गर्ने स्थान सम्म अक्सिजनको खोजी गरे तर अक्सिजन नपाएरै छटपटाएर आफ्नी पत्निको निधन भएको पतिले देखे । पत्नि रहिनन् । हातमा नवजात शिशु त थिए । तर आमा बिनाका । हे भगवान् यस्तो विपत कहिलेसम्म ? फाईल फोटो