भारतीय नम्बर प्लेटको ट्रक देखेर झस्कियो प्रहरी, प्रहरी नै झस्कने के रहेछ ट्रकमा ? — OSNepal

भारतीय नम्बर प्लेटको ट्रक देखेर झस्कियो प्रहरी, प्रहरी नै झस्कने के रहेछ ट्रकमा ?

LC (KTM) May 28, 2021 0

चितवन, १४ जेठ-राप्ती नगरपालिका-१ बाट भारतीय नम्बर प्लेटको ट्रकमा रहेको २ सय ७० किलोग्राम अवैध ला गूऔ षध गाँ जा सहित भारत पुर्वी चम्पाचरण घर भएका २५ वर्षीय पिन्टु कुमारलाई बिहीबार बिहान प्रहरीले प क्राउ गरेको छ ।

उक्त स्थानमा एनएल ०१ एन ५८६७ नम्बरको भारतीय ट्रकलाई प्रहरी बिट लोथरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषध फेला पारी ट्रकमा सवार पिन्टुलाई प क्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा उक्त गाँजा वीरगंज हुँदै भारततर्फ लैजान लगेको खुल्न आएको छ ।

घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर