हुण्डी कारोबारमा संलग्न दुई जना ५३ लाख ८० हजार रुपैयाँ सहित पक्राउ — OSNepal

हुण्डी कारोबारमा संलग्न दुई जना ५३ लाख ८० हजार रुपैयाँ सहित पक्राउ

LC (KTM) May 28, 2021 0

पर्सा, १४ जेठ-हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा नगद ५३ लाख ८० हजार रुपैयाँ सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बारा प्रसौनी गाउँपालिका-६ बस्ने २६ वर्षीय शिव आनन्द गुप्ता र पर्सा वीरगंज महानगरपालिका-११ श्रीपुर बस्ने १९ वर्षीय प्रकाश जैसवाल रहेका छन् ।

वीरगंज महानगरपालिका-८ बीपिसी क्याम्पस नजिक छेउमा डेरा गरी बस्ने गुप्ता समेत २ जनाले अवैध वित्तिय कारोवार (हुण्डी) गरिरहेको भन्ने सूचना प्राप्त भएपछि अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले वीरगंज महानगरपालिका-११ श्रीपुरबाट जैसवाललाई नगद २४ लाख रुपैयाँ सहित फेला पारी पक्राउ गरेको थियो ।

थप अनुसन्धानको क्रममा गुप्ताको डेरा तलासी गर्दा २ वटा झोलामा लुकाई राखेको नगद २९ लाख ८० हजार रुपैयाँ समेत फेला पारी गुप्तालाई पक्राउ गरेको हो । उनीहरु उपर बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर