निषेधाज्ञाको समयमा हुलहुज्जत गर्ने र १५ वटा टिपरहरुमा क्षति पुर्‍याउने २ जना पक्राउ — OSNepal

निषेधाज्ञाको समयमा हुलहुज्जत गर्ने र १५ वटा टिपरहरुमा क्षति पुर्‍याउने २ जना पक्राउ

LC (KTM) May 28, 2021 0

चितवन, १४ जेठ- निषेधाज्ञाको समयमा हुलहुज्जत गर्ने, दमकल समेतमा अवरोध पुर्‍याउने तथा निर्माण सामग्री ढुवानी गर्दै गरेका १५ वटा टिपरमा क्षति पुर्‍याएको अभियोगमा २ जनालाई भरतपुर महानगरपालिका-१६ ज्ञानेश्वरबाट बुधबार प्रहरीले प क्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भरतपुर महानगरपालिका-१६ बस्ने ३१ वर्षीय बिनोद गुरुङ र सोहीठाउँ बस्ने २८ वर्षीय शसी कुवंर रहेका छन् ।

उक्त स्थानमा निषेधाज्ञाको समयमा हुलहुज्जत गर्ने, टिपरलाई अवरोध गरी क्षति पुर्‍याउनुका साथै हातमा ढुङ्गामुढा बोकी अत्यावश्क सवारी साधन, दमकल समेतलाई अबरोध पुर्‍याएपछि उनीहरुलाई प्रह रीले प क्राउ गरेको हो । उनीहरु उपर म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्र हरी कार्यालय चितवनले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर