शिक्षक र विद्यार्थी गरी २८ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै बाग्लुङको त्रिभुवन माध्यमिक विद्यालय बन्द — OSNepal

शिक्षक र विद्यार्थी गरी २८ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै बाग्लुङको त्रिभुवन माध्यमिक विद्यालय बन्द

LC (KTM) December 03, 2021 0

काठमाडौं १७ मंसिर । विद्यार्थी र शिक्षकलाई नै कोरोना सक्रमण भएपछि विद्यालय बन्द भएको छ ।

बाग्लुङ जिल्लाको बाग्लुङ नगरपालिका९१३ स्थित त्रिभुवन माध्यमिक विद्यालयमा ८२ जनामा गरिएको पिसिआर परीक्षणमा २६ जना विद्यार्थी र २ जना शिक्षकलाई गरी २८ जनामा कोरोना संक्रमण पुष्टि भएको नगर स्वास्थ्य अधिकृत रामप्रसाद खनालले जानकारी दिएका छन् ।

दुई शिक्षक र एक विद्यार्थीमा कोरोना पुष्टि भएपछि थप विद्यार्थीको पिसिआर परीक्षण एकै पटक यति धेरैमा संक्रमण देखिएको हो । त्यस वरपरका विद्यालय समेत बन्द गरी एन्टिजिन परीक्षण गर्न नगर शिक्षा शाखालाई आगह समेत गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर